रामेछाप जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु

१८ चैत, काठमामडौं । रामेछापको खाँडादेवी १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाका अनुसार दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना हुँदा ३० जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *