भक्तपुरको गठ्ठाघरमा एक जनाको विभत्स शव फेला

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा एक जनाको विभत्स शव फेला परेको छ ।

स्थानीयका अनुसार ठिमी चार दोबाटोबाट गठ्ठाघर फलामे पुलमा निस्कने हनुमन्ते करिडोर किनारमा उक्त शव भेटिएको हो ।

स्थानीयले उक्त सब देखेपछि प्रहरीलाई खवर गरेका थिए । शव महिला वा पुरुष छुट्टिने अवस्थामा नरहेको स्थानीयको भनाई छ ।

प्रहरी घटनास्थलमा पुगेको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले बताएको नमस्ते भक्तपुर फेसबुक पेजमा उल्लेख छ ।

प्रहरीका अनुसार घटनास्थलमा सुरुवालको आधारमा हेर्दा महिलाको शव हुनसक्‍ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *