स्वास्थ्य उपकरण लिएर गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्कियो

१६ चैत, काठमाडौं । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नपुर्‍याई फर्किएको छ ।

मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडेको थियो । तर, बीचबाटो बाटै फर्किएको नेपाली सेनाका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको फरक किसिमको गन्ध आएपछि सैनिक पाइलटले विमान फर्काउनुपर्ने बताएका थिए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले पनि ‘प्राविधिक समस्या’का कारण विमान फर्किएको बताए ।

अब सामान पुनः पठाइन्छ या के गरिन्छ भन्ने निर्णय भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *