काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले ८ दिन ‘लकडाउन’ गर्ने निर्णय गरेको छ ।
यसअघिको निर्णय अनुसार चैत १८ गतेसम्म लकडाउन भएपनि त्यसपछि थप ८ दिन लकडाउन गर्ने निर्णय सरकारले गरेको हो ।
केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन बढाउन सिफारिस गरेको थियो ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेको थियो ।