कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक युवकको मृत्यु

कोरोना भाइरस संक्रमणको आशंका गरिएका रुपन्देहीका ३४ वर्षीय एक युवकको आज मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित विशेष अस्पतालमा उपचारकै क्रममा मध्यान्ह उनको मृत्यु भएको हो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अस्पतालमा कोरोनाको आशंका गरिएका व्यक्तिको मृत्यु भएको पुष्टी गर्दै कारण भने प्रष्ट नभएको बताउनुभयो । ती व्यक्ति दुवईबाट गत सोमबार नेपाल आएका थिए ।

उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि विहीबार अस्पताल भर्ना गरिएको थियो । उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *