कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिए

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् ।

३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर गएको हुन । ११ बजे आएको विमान १२स्४५ उडान भरेको हो भने १० बजे आएको बिमानले ११स्३० मा उडान गरेको हो ।

शून्य प्यासेन्जर नीति अनुसार कतार एयरले नेपालमा बिमान अवतरण गरेको हो । शुक्रबार र शनिबार गरि ९०० यात्रु विदेशिएका छन् ।

९ चैतदेखि सरकारले अन्तर्रा्ष्ट्रिय उडान स्थगन गरेकोमा कतार एयरले भने उडान भरिरहेको थियो । ११ चैतबाट पूर्ण लकडाउन गरिएकोमा ११, १२ र १३ चैतमा अन्तर्रा्ष्ट्रिय उडान पूर्ण खालि भएपनि कतार एयर १४ गते १ र १५ गते दुई उडान भरेको छ ।

त्यस्तै नेपाल एयरलाइन्सको वाइडवडी विमानले चीनको ग्वान्झाउमा कार्गो उडान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *