नेकपाका नेता कार्यकर्तालाई कोरोना भाइरसका विरुद्ध स्वयंसेवक भएर खट्न निर्देशन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले आफ्ना नेता कार्यकर्तालाई विशेष परिपत्र जारी गरेर कोरोना भाइरसका विरुद्ध स्वयंसेवक भएर खट्न निर्देशन दिएको छ ।

नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले जारी गरेको विशेष परिपत्रमा आफ्ना नेता कार्यकर्तालाई स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका निकायसँग समन्वय गरेर सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ ।

परिपत्रमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकार र सरकारका आधिकारप्राप्त निकायहरूबाट गरिएका लकडाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई पूर्ण रूपमा पालना गर्ने र पालना गर्नका लागि आम जनसमुदायमा सन्देश प्रवाह गर्ने । स्वास्थ्य संस्थाकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरूसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि सवयंसेवकको भूमिकामा परिचालित हुने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *