नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ

0
185

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एकलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

यसअघि तीन जनामा संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर फर्किएका छन् भने दुई जनाको शुक्रराज ट्रपिकल हस्पिटल टेकुमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here