लकडाउन उल्लंघन गर्नेहरूलाई पक्रिन विषेश खालको मेसिन प्रयोग

File
प्रहरीले लकडाउन उल्लंघन गर्नेहरूलाई पक्रिन विषेश खालको मेसिन प्रयोगमा ल्याएको छ।
शुक्रबार देखि महानगरीय प्रहरी परिसर, काठमाडौंले उपत्यकामा बिना काम लकडाउनको उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिन विषेश मेसिन सहितको टोली खटाएको हो।
’बिना कारण हिँड्नेहरूलाई आज हामीले नियन्त्रणमा लिन थालेका हौं,’ महानगरीय प्रहरी परिसर, काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने,’हामीले मान्छे पक्रिन म्यान क्याच इकुप्मेन्ट ल्याएका छौं।’
यस मेसिनले मान्छेहरूलाई छुनै नपर्ने गरी पक्राउ गर्न सकिने र छुट्टै खालको भ्यानमा राखेर लग्ने गरिन्छ।
सोही मेसिन तथा विषेश टोली खटिएर एकै दिनमा प्रहरीले ४९ जनालाई पक्राउ गरिसकेको उनले बताए।
’हामीले आज मात्रै ४९ जनालाई नियन्त्रणमा लिएका छौं,’उनले भने,’पक्राउ परेका हरूको सामान्य जाँच गरेर हामीले छोड्ने वा जरिवाना तथा ६ महिनासम्म जेल सजाय पनि हुन सक्छ।’
पक्राउ परेकाहरूलाई भने छुट्टै हलमा राख्ने व्यवस्था गरेको परिसरले जनाएको छ।
