सन्दीप लामिछानको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान

१३ चैत, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक लाख रुपैयाँ योगदान गर्ने भएका छन् ।

कोरोना भाइरस रोकथामका लागि सरकारले हालै मात्र यो केन्द्रीय कोष बनाएको हो ।

सन्दीपले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन् । उनले विपतको घडीमा सहयोग तथा माया चाहिएकाहरुलाई नभुल्न र आफू पनि सुरक्षित रहन सबैलाई अपील गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *