कोराना भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटीभ’

१२ चैत, काठमाडौं । नोवल कोराना भाइरस संक्रमित भारतीय गायिका कनिका कपुरको तेस्रो रिर्पोट पनि ‘पोजेटीभ’ आएको छ । कोरोना संक्रमणका कारण उपचार गराइरहेकी गायिका कनिका कपुरले आफ्नो रिपोर्टमा गडबडी भएको आशंका गरेकी थिइन् ।

दोस्रो रिपोर्टमा गलत उमेर उल्लेख भएपछि कनिकाले रिर्पोट गलत भएको आशंका गरेकी थिइन् । तर, तेस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएपछि उनी कोरोना संक्रमित रहेको पुनःपुष्टि भएको हो ।

लण्डनबाट फर्किएको केही दिनपछि उनमा कोरोना संक्रमण देखिएको थियो । यो बीचमा विभिन्न पार्टीमा सहभागी भएपछि उनको आलोचना भइरहेको छ ।

कनिकाको उपचारमा चिकित्सकका अलावा ६ जना नर्सको टोली खटिएको छ । उपचारमा संलग्न चिकित्सकहरूले कनिकाले अस्पतालमा अनेक सुविधा खोजेको आरोप लगाउँदै आएका छन् । कनिकाले चाहिँ अस्पतालमा आफूलाई अपराधीको जस्तो व्यवहार भएको गुनासो गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *