आइसोलेसनमा मृत्यु भएका युवकबारे अस्पतालले निकाल्यो विज्ञप्ति

चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) विषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवक मिर्गौलाका बिरामी रहेको पाइएको छ ।

उनको मंगलबार विहान साढे ९ बजे मृत्यु भएको थियो । उपचारका क्रममा मृत्यु भएका वीरगञ्‍ज महानगरपालिका–२२ जगन्‍नाथपुरका ३० वर्षीय युवक सन्तोष यादवको कोरोनाका कारण मृत्यु नभएको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

मृतक युवा यादव एक वर्षदेखि मिर्गौलाका बिरामी रहेका अस्पतालले जनाएको छ । प्रवक्ता अधिकारीका अनुसार ती युवाको कोरोना जाँचका लागि नमून संकलन गरेर मंगलबार विमानबाट केन्द्रीय प्रयोगशालामा पठाइएको छ । तर उनको स्वास्थ्य रिपोर्ट आउन केही दिन लाग्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *