लक डाउनमा सुनसान उपत्यका (फोटो फिचर)

११ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश जिल्लाका सडकहरु सुनसान छन् ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ ।

तर, बिहानपख केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केहीबेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ । काठमाडौंका शहिदगेट, न्यूरोड, थापाथली, सिनांमगल लगायतका स्थानमा मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ । उनीहरुले सम्झाइबुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव दिएको दृष्य नयाँबानेश्वर चोकमा देखियो ।

PHOTO: BINOD DONGAL/RIJESH TANDUKAR(FACEBOOK)

Leave a Reply

Your email address will not be published. Required fields are marked *