यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने पास्चर पक्राउ

0
102

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिने एक जना पास्चर (क्रिश्चियन धर्म गुरु) लाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला जिल्ला स्थायी घर भै हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी प्रशस्त कटनी मण्डलीका पास्चर हुन ।

क्रिश्चियन धर्म फैलाउने कार्यमा लामो समय देखि संलग्न उनले कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्म कै प्रचार गरिरहेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अहिले उनी प्रहरी हिरासतमा छन् र उनलाई विपदको बेलामा अफवाह फैलाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको छ । उनलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ ।

केही दिन अघि उनले लेखनाथकै तालचोक आसपासका सुकुम्बासी बस्तीका स्थानीयलाई जम्मा पारेर प्रभु यसुका अनुयायीलाई कोरोनाले छुनै सक्दैन भन्दै प्रवचन दिएका थिए । लामै प्रवचन दिएका आचार्यले भनेका छन–‘कोरोना दुष्ट आत्मा हो, हामी विश्वासीलाई यसले छुन मिल्दैन ।’

स्मरण रहोस, यति बेला क्रिश्चियन राष्ट्रहरु युरोप, अमेरिका लगायतका देशमा कोरोना तिव्र गतिमा फैलिरहेको छ र क्रिश्चियनह धार्मिक अनुयायीहरु कै ठुलो संख्यामा ज्यान गैरहेको छ । यस्ता भ्रामक प्रवचनको विश्वास नगर्न र भिडभाडमा नजान एसपी कार्कीले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here