जंगली च्याउ खाएर एकै घरका ३ जना विरामी

११ चैत, नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा जंगली च्याउ खाएर एकै घरका ३ जना विरामी परेका छन् । घर नजिकै रहेको काठको टौवामा उम्रेको च्याउ खाँदा कावासोती १२ पिठौली बस्ने एकै घरका ३ जना विरामी परेका हुन् ।

बिरामी पर्नेमा कावासोती १२ निवासी ४३ वर्षीया उमा गुरुङ, उनकी छोरी २२ वर्षीया नौमाया गुरुङ र छोरा १६ वर्षीय टुपेश गुरुङ हुन् ।

उनीहरुको अचेत अवस्थामा चितवनस्थित नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *