कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा

१० चैत, काठमाडौं । सरकारले घोषणा गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका छन् ।

सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले जनाएका छन्

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार कोरोना कोष स्थापनाको घोषणा गर्दै सहयोग गर्न सबैमा आग्रह गरेको छ । कोष स्थापनासँगै एनआरएनएलगायतका विभिन्न संस्थाहरूले सहयोग घोषणा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *