जर्मनी चान्सलर एंगेला मर्केल क्वारेन्टाइनमा,दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक

0
214

१० चैत, काठमाडौं । कोरोना संक्रमित एक जना डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ । उनी आफ्नै घरमा क्वारेन्टाइनमा रहेको बीबीसीले लेखेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको छ । यस्तो प्रतिबन्ध घरभित्र र बाहिर दुवै ठाउँमा एक हप्ताका लागि लगाइएको हो ।

यसैबीच अमेरिकी सांसद रेन्ड पलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी केन्टकीबाट रिपब्लिकन सांसद हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here