कोरोनाले हामीलाई सबै किसिमको प्रेम गर्न सहयोग गरेको छ:नायिका अनुष्का शर्मा

कोरोनाबाट सुरक्षित रहनको लागि बलिउड नायिका अनुष्का शर्मा पनि सेल्फ आइसोलेशनमा बस्न थालेकी छिन् । उनी त्यहाँ आफ्नो श्रीमान विराट कोहलीसँग बस्न थालेकी हुन् ।

अनुष्का आइसोलेशनमा बस्नु आफ्नो लागि फाइदाजनक भएको बताउँछिन् । सामाजिक संजालमा श्रीमानसँगको एक तस्विर सार्वजनिक गर्दै यो समय प्रेम गर्नको लागि भएको अनुष्काले उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘सेल्फ आइसोलेशनले हामीलाई सबै किसिमको प्रेम गर्न सहयोग गरेको छ ।’

सार्वजनिक तस्विरमा अनुष्का र विराट एक(अर्कामा निकै खुसी देखिएका छन् । प्रेम बिबाह गरेका उनीहरुलाई धेरैले सुन्दर जोडी भएको प्रतिकृया दिएका छन् ।

अनुष्का र विराटमात्र होइन, अहिले बलिउडमा अधिकांश कलाकारहरु सेल्फ आइसोलेशनमा बस्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *