बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस

९ चैत, काठमाडौं । बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले यसको पुष्टि गरेका हुन् ।

कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको राजदूत सुन्दासले जानकारी दिए ।

बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *