भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गयो

चैत, काठमाडौं । भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ ।

बिहारको राजधानी सहर पटनाको एक्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो ।

दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण दुई जनाको ज्यान गएको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *