भारतबाट नेपाल भित्रिएका २ जना कोरोना भाइरस संक्रमणको आशङ्कामा अस्पतालमा भर्ना

८ चैत्र धनगढी । कोरोना भाइरस संक्रमणको आशङ्कामा थप दुई जनालाई कञ्चनपुरस्थित महाकाली अस्पतालमा भर्ना गरिएको छ । शनिवार भारतबाट नेपाल भित्रिएका २ जनामा उच्च ज्वरो देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।

दुबै गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका थिए । सीमा नाकामा परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अस्पतालमा भर्ना गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकृष्ण श्रेष्ठले बताए । उनीहरुको खकारको नमुना सङ्कलन गरेर पठाइएको जानकारी दिए ।

‘हामीले धनगढी पठाएका छौँ । धनगढीबाट काठमाडौँ पठाइन्छ’ उनले भने, ‘नमुनाको रिर्पोट आएपछि मात्रै थप कुरा थाहा हुन्छ ।’

यसअघि कैलालीको सेतीप्रादेशिक अस्पतालमा पनि तीनजना भर्ना भएका थिए । उनीहरुको पनि खकार संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *