काठमाडौं। कोभिड १९ बारे अफवाह फैलाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
नर्भिक अस्पतालमा कोभिड १९ का बिरामी भेटिएको भनेर अफवाह फैलाउने विवेक थापा मगरलाई भक्तपुर, सिपाडोलबाट साइबर ब्यूरोले नियन्त्रणमा लिएको नेपाल प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिएका छन्।