सेतो मछिन्द्रनाथको यात्रा पनि स्थगित

७ चैत,काठमाडौं । कोरोनाका कारण सेतो मछिन्द्रनाथको यात्रा पनि स्थगित भएको छ ।

रथयात्रा व्यवस्थापन समितिका संयोजक काठमाडौं महानगरपालिका(२५ का बडाध्यक्ष नीलकाजी शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी र पुजारीहरुसहित सरोकारवालको उपस्थितिमा बसेको बठकले स्थगित गर्ने निर्णय गरेको हो ।

यही चैत १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भए पनि सरकारले २५ जनाभन्दा धेरै जमघट नहुन भनेकोले स्थिगित गरिएको संयोजक शाक्यले जानसकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *