पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको आरोपमा तीनजना पक्राउ

निवर्तमान सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ’विप्लव’ समूहका कार्यकर्ता हुन् ।

उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाको छुट्टाछुट्टै स्थानबाट बिहीबार पक्राउ गरेको हो । पक्राउ परेकाको नाम प्रहरीले सार्वजनिक गरेको छैन । यसबारेमा शुक्रबार पत्रकारसम्मेलनमार्फत् जानकारी गराउने प्रहरी स्रोतको भनाइ छ।

भक्तपुर स्थिति बाँस्कोटाको घरमा २८ फागुनमा बम विस्फोट भएको थियो । विस्फोटबाट बाँस्कोटाको घरसहित तीनजना छिमेकीको घरमा क्षति पुगेको थियो ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मोलमोलाइ गरेको अडियो बाहिरेपछि पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *