सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द

६ चैत, काठमाडौं । कोरोनाको त्रासका कारण ललितपुरमा रहेको सदर चिडियाखाना अनिश्चित कालको लागि बन्द गरिएको छ ।

शुक्रबारदेखि लागु हुने गरी चिडियाखाना बन्द गरिएको चिडियाखानाका प्रमुख चिरञ्जीवी पोखरेलले जानकारी दिए । पौडेलले बुधबार सरकारले गरेको निर्णय र कोरोना भाइरसको बढ्दो महामारीलाई लक्षित गर्दै धेरै भीड नियन्त्रणको लागि चिडियाखाना बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।

चिडियाखाना प्रशासनका अनुसार शनिबार ६ हजारको हाराहारीमा अवलोकनकर्ताहरु आउने गरेकोमा गत शनिबार २१ सयले मात्रै चिडियाखाना अनवलोकन गरेका थिए । अरु दिन हरेक दिन १७ सय देखि दुईहजारको हाराहारीमा दैनिक अवलोकनकर्ताहरु आउनेमा अहिले ५ सयको हाराहारीमा मात्रै अवलोकनकर्ताहरु आउने गरेको पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *