फुटसल खेल नखेलाउन निर्देशन

६ चैत, काठमाडौं । सरकारले फुटसल खेल्न प्रतिबन्ध लगाएको छ । सरकारी निर्णयपछि नेपाल प्रहरीले फुटसल सञ्चालकहरुलाई हाल खेल नखेलाउन निर्देशन दिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले २५ जनाभन्दा बढी जम्मा हुने सबै विषयमा रोक लगाइएकाले कार्यान्वयनका लागि प्रहरी खटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘फुटसल खेललाई पनि रोक्न भनिसकेका छौं ।’
कोभिड(१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले बुधबारै जिम, क्लब, दोहोरी साँझलगायतका स्थलमा प्रतिबन्ध लगाइसकेको छ ।
