पूर्व प्रेमीलाई अरू कसैसँग रंगेहात भेट्टाए: अभिनेत्री दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोणले हालै दिएको एक अन्तरवार्तामा आफ्ना पूर्व प्रेमीलाई अरू कसैसँग रंगेहात भेट्टाएको खुलासा गरेकी छन्।

सो अन्तरवार्तामा उनले नाम नलिइ आफूले रंगेहात भेट्टाउँदा पनि ती पूर्वप्रेमीलाई दोश्रो मौका दिने मूर्खता गरेको बताइन्।

“म कति बेवकुफ थिएँ भने मैले उसलाई दोश्रो मौका दिएँ, जबकी उसलाई मैले रंगेहात भेट्टाएको थिएँ। उसले मसँग भिख मागेको थियो, बिन्ती गरेको थियोु उनले भनिन्, ुम उसँग यति पागल थिएँ कि उसलाई मैले माफी दिएँ। त्यसपछि मलाई ती सबै कुराबाट बाहिर आउन समय लागेको थियो।”

हाल रणवीर सिंहसँग वैवाहिक जीवनमा रहेकी दीपिका नाम विभिन्न समय विभिन्न व्यक्तिसँग जोडिएको थियो। यसमा कमै नाम सुनिएका निहार पाण्डेदेखि लिएर पूर्व भारतीय क्रिकेटर युवराज सिंह, व्यवसायी घरानाका सिद्धार्थ माल्या र रणवीर कपुर रहेका छन्।

त्यसैगरी दीपिकाले अन्तरवार्तामा यौन भनेको शारिरिक निकटता मात्र नभइ भावनासँग जोडिएको कुरा भएको बताएकी छन्।

“मेरा लागि यौनको अर्थ शारिरिक निकटता मात्र होइन, यसमा भावनासमेत जोडिएको हुन्छ। मैले कसैलाई धोका दिएको छैन र कसैसँग केही कुरा लुकाएको पनि छैन। यदि मलाई कसैले धोका दिन्छ भने म ऊसँग सम्बन्धमा किन बस्नु? यो भन्दा त म एक्लै ठीक छुु,अन्तरवार्तामा उनले भनेकी छन्।

मिडियासमक्ष आफ्ना कुरा स्पष्ट राख्ने दीपिकाले उनको पछिल्लो निर्माण तथा अभिनय रहेको छपाक बाट राम्रो समीक्षकीय तारिफ बटुलेकी थिइन्।

अब उनी छिट्टै आफ्ना पति तथा अभिनेता रणवीर सिंहसँग कपिलदेवको जीवनीमा आधारित “८३”बाट दर्शकमाझ आउँदैछिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *