कास्कीमा कार्यरत श्रेष्तेदार ३० लाख रुपैयाँ घुससहित पक्राउ

६ चैत, काठमाडौं । जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले बुधबार उनलाई रंगेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

अख्तियारका अनुसार, पराजुलीले अदालतको नियन्त्रणमा रहेको गाडी छुटाइदिने प्रयोजनका लागि घुस लिएको खुलेको छ । यसबारे सूचना पाएलगत्तै पुगेको अख्तियारको टोलीले पोखराको पस्र्याङ्ग चोक नजिकबाट उनलाई नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *