लागुऔषध सेवन गरी होहल्ला गरेको आरोपमा  ६ जना विदेशी पक्राउ

पोखरा । लागुऔषध सेवन गरी होहल्ला गरेको आरोपमा कास्की प्रहरीले ६ जना विदेशी र एक नेपाली नागरिकसहित सातजनालाई पक्राउ गरेको छ ।

मंगलबार राति प्रहरीले लागुऔषध सेवन गरि होहल्ला गर्ने चारजना नर्वेली, स्वीडेनका एकजना, जर्मनका एकजना र एकजना नेपालीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्ने नेपाली एक कटेज सञ्‍चालक हुन् ।

उनको पोखरा २३ चापाकोटमा ‘वन्स इन नेचर’ कटेज छ । सोही कटेजमा गाँजा तथा चरेस सेवन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा झन्डै दुई दर्जनको संख्यामा पर्यटकहरु रहेको भएपनि लागुऔषध बोक्ने तथा प्रयोग गर्नेलाई मात्र नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको अधिकारीले बताए ।

पक्राउ परेकाहरु उपर लागुऔषध मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *