कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय

३ चैत, काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

सोमबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र अप्रत्यक्ष रुपमा संलग्न अन्य जनशक्तिलाई २५ प्रतिशत भत्ता दिने निर्णय गरेको हो ।

त्‍यस्तै बैठकले कोरोना स‌ंक्रमणको परीक्षण गर्ने स्वास्थ्यकर्मीका लागि २० हजार थान सेफ्टी किट ९पीपीपी० किन्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *