सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारी पक्राउ

काठमाडौँ — प्रहरीले काठमाडौंको सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई व्यापारीलाई पक्राउ गरेको छ । सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडी सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका साझेदार सुवास महेश्वरीलाई पक्राउ गरेको हो ।

गोयलले आफ्नो गोदाममा लुकाएर राखेको ठूलो परिमाणको मास्क बरामद गरेको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

गोयल र महेश्वरीविरुद्ध कालोबजारी विरुद्धको ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समय कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *