राजधानीबाट प्रहरीले ३ लाखबढी सर्जिकल मास्क बरामद

काठमाडौं । राजधानीको कपन र सतुंगलबाट प्रहरीले ३ लाखबढी सर्जिकल मास्क बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सो छापा मारेर सो परिमाणको मास्क बरामद गरेको हो ।

कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

यस्तै सतुंगलबाट पनि डेढ लाख भन्दा बढी मास्क बरामद भएको बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *