कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा चल्ने सवारी साधानका लागि नँया व्यवस्था लागु

आइतबारबाट कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा चल्ने सवारी साधानका लागि नँया व्यवस्था लागु गरिएको छ । नयाँ व्यवस्था अनुसार यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने द्रुत लेनबाट मात्र चलाउने नयाँ व्यवस्था लागू गरिएको हो ।

आज कोटेश्वरमा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकाल लगाएतको उपस्थितिमा कार्यक्रम गरि यो नियमको सुरुवात गरिएको हो ।

देशकै एक मात्र ८ लेनको यी सडकमा पछिल्लो समय दुर्घटना र जामको समस्या बढेको छ । दुर्घटना न्यूनीकरण गर्न र जाम घटाउन यो नियमले सहयोग पुग्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

कार्यक्रममा सडक प्रयोगकर्ता सबैलाई नियमको पालना गर्न आग्रह गरिएको थियो । यदि लाप्रवाहि गरे नियम पालना नगरे ट्राफिक प्रहरीले १ हजार ५ सयसम्म जरिमाना गर्नुको साथै,यातायात व्यवस्था कार्यालयमार्फत कारबाही गरिने प्रहरीले जनाएको छ । ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना घटाउन भन्दै यस अघि पनि कोटेश्वर भक्तपुर सडक खण्डमा नयाँ नियम लागु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *