आगामी आइतबारदेखि दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको छ।
हालसम्म दैनिक ४ घण्टा कारोबार हुँदै आएकोमा आइतबारदेखि बन्द हुने समय १ घण्टा पछाडि धकेलिने भएको छ।
एक सूचना जारी गर्दै नेप्सेले आइतबारबाट बोलकबोल र निरन्तर कारोबार ११ बजेदेखि ४ बजेसम्म हुने जनाएको छ।