प्रधानमन्त्री केपी शर्माओली अस्पतालबाट डिस्चार्ज

0
135

काठमाडौं । दोस्रोपटक मृगौलाको प्रत्यारोण गराएका प्रधानमन्त्री केपी शर्माओली अस्पतालबाट डिस्चार्ज भएका छन् । गतहप्ता बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए । प्रधानमन्त्रीको उपचार खर्च अनुमानित ५ देखि ६ लाख लागेको पनि उनले जानकारी दिए । अरु सर्वसाधारण नागरिकको जति नै प्रधानमन्त्रीको उपचार खर्च आएको पनि उनले बताए ।
डिस्चार्जपछि पनि प्रधानमन्त्री नियमित फलोअफमा रहने उनका नीजि चिकित्सक डा. दिव्यासिंह शाहले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । आवश्यक सतर्कताका साथ आफ्नो नियमित सबै काम गर्न सक्ने अवस्थामा प्रधानमन्त्री भएपनि नियमित चिकित्सकको निगरानीमा रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here