अखिलका केन्द्रीय सदस्यलाई आठ वर्ष कैद सजाय

Indra Hang Rai. Photo Courtesy: Indra Hang Rai/facebook

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका एक केन्द्रीय सदस्यलाई बलात्कार मुद्दामा साढे आठ वर्ष कैद सजाय सुनाइएको छ।

काठमाडौं जिल्ला अदाललते अखिलका केन्द्रीय सदस्य ईन्द्रहाङ राईलाई आठ वर्ष ६ महीना कैद सजाएको फैसला गरेको हो।

२९ फागुनमा न्यायाधीश विनोदकुमार पोखरेलेको इजलासलाई राईलाई साढे आठ वर्ष कैद सजाय र पीडितलाई एक लाख ५० हजार रूपैयाँ क्षतिपुर्ति भराउने फैसला गरेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले बताए।

सरकारी वकील कार्यालय काठमाडौंले सातदेखि १० वर्षसम्म कैद सजायको मागसहित राईविरुद्ध मुद्दा दायर गरेको थियो।

राईलाई काठमाडौं जिल्ला अदालतले ६ मंसिरमा न्यायाधीश पोखरेलकै इजलासबाट पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। अदालतको आदेशपछि राई केन्द्रीय कारागार सुन्धारा चलान भएका थिए।

राईले गएको ११ कात्तिकमा १८ वर्षीया एक किशोरीलाई भैलो खेल्ने बहानामा बोलाई काठमाडौंको गोकर्णेश्वर-६ माकलबारीमा आफन्तको घरमा लगेर बलात्कार गरेको अभियोग लागेको थियो।

पीडित किशोरीले बौद्ध प्रहरीमा उजुरी दिएपछि राई १२ कात्तिक बिहान पक्राउ परेका थिए।

स्वतन्त्र विद्यार्थी युनियन, रत्न राज्यक्ष्मी क्याम्पसका सहसचिव समेत रहेका राईलाई बलात्कार आरोप लागेपछि स्ववियु र अखिल दुवै संगठनले निष्काशन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *