कोभिड–१९ संक्रमण भएका ८ मुलुकका नागरिकलाई नेपाल आउन कडाइ

काठमाडौं । सरकारले कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुकका नागरिकलाई कडाइ गर्न थालेको छ ।
चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन कडाइ गरिएको हो । ती देशका नागरिकलाई अनअराइभल भिसा स्थगित गरिएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
