जिप दुर्घटना हुँदा १२ घाइते भएका

0
46

जिप दुर्घटना हुँदा १२ घाइते भएका छन भने दुई जनाको अवस्था गम्भीर रहेको छ।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ४ केतुकेमा बिहीबार बिहान जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। त्यसमध्ये दुईजनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

वीरगन्जबाट रुम्जाटार आउँदै गरेको प्रदेश ३–०१२२ च ३१८३ नम्बरको जिप सडकदेखि १ सय ५० मिटर तल खसेको हो। सख्त घाइते हुनेमा जिप चालक पर्सा जिल्लाका अनिलकुमार सहनी र सुगन्भीदेवी मुखिया छन्।

दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेत र अस्थायी प्रहरी पोष्ट केतुकेका हवल्दार दिलबहादुर खड्काको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि मिसन अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।अन्य घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here