प्रधानमन्त्री केपी शर्मा ओलीको पिसावमा संक्रमण भएको आशंका

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसावमा संक्रमण भएको आशंका गरिएको कान्तिपुर दैनिकले खबर छापेको छ ।
उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछिमात्रै डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरुले बताएका छन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार्दै पिसाव कल्चर गर्न पठाइएको जानकारी दिइन् । बिहीबार रिपोर्ट आउने र त्यसपछि आवश्यक निर्णय लिइने उनको भनाइ छ ।
सुरुमा चिकित्सकले मिर्गौला प्रत्यारोपणको ५ देखि सात दिनभित्र डिस्चार्ज गर्ने बताएपनि ओलीलाई बुधबारसम्म लिभर आईसीयुमै राखिएको छ । उनको गत बुधबार मिर्गौला ट्रान्सप्लान्ट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *