सुतेका श्रीमानमाथि तेजाब प्रहार गर्ने श्रीमती पक्राउ

काठमाडौँमा सुतेका श्रीमानमाथि तेजाब प्रहार गर्ने श्रीमती पक्राउ परेकी छन्। काठमाडौँको बालाजुमा बन्द कोठामा सुतिरहेका नुवाकोटका २४ वर्षीय रामराजा थापामाथि उयनकै श्रीमतीले तेजाब प्रहार गरेकी हुन्।
तेजाब प्रहार गरेको आशंकामा थापाकी श्रीमतीलाई पक्राउ गरिएको महानगरीय प्रहारी वृत्तका डिएसपी रंजितसिंह ठाकुरले जानकारी दिए। सबै झ्याल ढोका लगाएर सुतेका बेला उनी माथि तेजाब प्रहार भएका कारण उनको संलग्नता रहेको आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिईएको राठोले बताए।
श्रीमान श्रीमतीका बिच सधै झगडा परिरहने स्थानीयले बताएका छन्। डिएसपी राठोरका अनुसार हात र अनुहार तेजाबले जलेको देखिएको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
