युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट संक्रमित नयाँ बिरामीहरु फेला परेका हुन् ।
योसहित युएईमा कोरोना संक्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *