पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न रहेका मध्ये कुन्दन फौजदार पक्राउ

बारा । बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न रहेका मध्ये कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरोको छ । शनिवार राति विशेष सुराकीको आधारमा फौजदारलाई राति १ वजेको समयमा उनकै घरबाट पक्राउ गरिएको हो ।

बारामा सरुवा भएर आउने बित्तिकै पत्रकार साहको हत्यामा संलग्नलाई पक्राउ गर्नु आफ्नो उद्देश्य रहेको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले बताएका थिए । हत्यामा संलग्न १२ वर्ष देखि लुकिछिपी बस्दै आएपनि प्रहरिले पक्राउ गर्न सकेको थिएन ।

पंगेनीले हत्यामा संलग्नको सुची बनाई खोजतलासलाई तिब्रता दिएका थिए । कुन्दनलाई उनकै निवास बारागढी गाउँपालिका ६ गडहलबाट पक्राउ गरिएको प्रउ पंगेनीले बताए । कुन्दनलाई पक्राउ गर्ने क्रममा चार राउण्ड हवाई फायर समेत गर्नुपरेको उनले बताए ।

पत्रकार साहलाई काम काम गरिरहेको बेलामा कुन्दनको समुहले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी शान्ति टाँगिया बस्ती जंगलमा लगेर हत्या गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *