पूर्वयुवराज पारस शाहले झाडु लगाएको तस्बिर सामाजिक सञ्जालमा हिट

काठमाडौं । पूर्वयुवराज पारस शाह धेरैको ध्यान तान्ने हुलियामा शनिबार पशुपतिनाथ परिसरमा देखिए । उनी लामो कपालमा देखिनु स्वाभाविक हो जुन उनको पुरानै हुलिया हो । त्यसमा पनि उनले पछ्यौरा ओढेका थिए ।

उनी पशुपति मन्दिर परिसर सफाइ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए ।

सिमसिम पानी परिरहेका बेला शनिबार गाडी चढेर उनी पशुपतिनाथ मन्दिर परिसर पुगेका थिए ।

सरसफाइ अभियान सञ्चालन गरिरहेका केपी खनालको निम्तो स्वीकारेर पूर्वयुवराज शाह पशुपतिनाथ मन्दिर पुगेको बताइएको छ । उनले त्यही हुलियामा झाडु लगाएको तस्बिर अहिले सामाजिक सञ्जालमा हिट भएको छ । उनीलेसफाइ टोलीसँग केही समय बिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *