टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज,चलचित्रको कमाई आक्रमक

शुक्रबारबाट टाइगर श्राफ र श्रद्धा कपुर स्टारर चलचित्र ‘बाघी ३’ रिलिज भएको छ । भारतमा ४४ सय हलमा रिलिज भएको यस चलचित्रले अन्य देशहरुमा ११ सय हल पाएको थियो ।

५५ सय हल पाएको यस चलचित्रको व्यापार उत्साह जनक छ । चलचित्रले शुक्रबार नै १८ करोड भन्दा माथिको व्यापार गरेको छ । भारितिय वक्स अफिस रिपोर्टका अनुसार यस चलचित्रको कमाई आक्रमक हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासले यस चलचित्रको व्यापारमा खासै असर गरेको देखिएन । यद्यपी कोरोनाको त्रास नभएको भए चलचित्र अझै राम्रो कामई गर्न सक्ने धेरैको भनाई छ ।

समीक्षात्मक रुपमा पनि चलचित्रले राम्रो समिक्षा पाइरहेको छ । चलचित्रले आम(दर्शकलाई निकै मनोरञ्जन दिने समिक्षकहरु बताउँछन् । चलचित्रमा विशेषगरी टाइगरको एक्सनलाई दर्शकले रुचाउनेछन् । विषयबस्तु र त्यसको प्रस्तुती पनि राम्रो भएको समिक्षकको भनाई छ ।

एक्सन तथा थ्रिलर चलचित्र ‘बाघी ३’ लाई अम्हेद खानले निर्देशन गरेका छन् । चलचित्रमा सजिद नाडिअडवालाको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *