१० वटा सवारीसाधन ठोक्किँदा १५ जना घाइते

अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सूर्यविनाकस्थित चुनदेवीमा १० वटा सवारीसाधन ठोक्किँदा १५ जना घाइते भएका छन् । शुक्रबार सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित सडकमा सूर्यविनायकबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३–०१–००३ प ४६४७ नम्बरको काठमाडौं वर्ल्ड स्कुलको भ्यानले अगाडि गइरहेको सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडि आउँदै गरेको बा १६ च ४३६१ नम्बरको टाटा मोबाइल गाडीले ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा १६ च ४३६१ नम्बरको टाटा मोबाइलको पछाडि आउँदै गरेको बा ४१ प ४४०९ नम्बरको मोटरसाइकल, बा ३ ख ३३४९ नम्बरको बस, प्रदेश ३ बा २८३६ नम्बरको कार, बा ७० प ४४४५ नम्बरको मोटरसाइकल, प्रदेश नम्बर ३–०२–००७ प ९६६४ नम्बरको स्कुटर, प्रदेश नम्बर ३–०१–००३ क ४६४४ नम्बरको भ्यान, प्रदेश नम्बर ३–०१–००३ क ४६४१ नम्बरको भ्यान, प्रदेश नम्बर ३–०२–०१० प ३७६३ नम्बरको मोटरसाइकलसमेत गरी १० वटा सवारी साधनहरू ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनाबाट घाइते भएका १५ जनाको डा.ईवामुरा अस्पताल सल्लाघारीमा उपचार भई डिस्चार्ज भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *