आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित

0
39
Aastha Dahal (right) after being elected to the position of Postgraduate Students' Union (SU) President at University of Cambridge, United Kingdom. Photo Courtesy: www.varsity.co.uk

काठमाडौं । काठमाडौंकी आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी छन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएट अन्तर्गत अध्यक्षमा निर्वाचित भएकी हुन् ।

अन्डरग्राजुएट अन्तर्गत भने विद्यार्थी युनियनको अध्यक्षमा बेन मार्गोलिस निर्वाचित भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् ।

रातो बंगला स्कुलबाट शिक्षा हासिल गरेकी आस्थाले नेपालमा पनि समानता र न्यायका विभिन्न अभियानमा संलग्न रहेर काम गरेकी थिइन् ।

आस्थाले अहिले क्याम्ब्रिजमा विद्यावारिधि गर्दैछन् ।

क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियन र ग्राजुयट युनियनबीच एकता भएपश्‍चात भएको पहिलो निर्वाचन हो । त्यसैगरी पोस्ट ग्राजुयटको नेतृत्वमा दुई हजार ७४४ मत खसेकोमा एक हजार ३९५ मत ल्याउँदै प्रतिद्वन्‍द्वी लुइसा डेरागनलाई पराजित गर्दै आस्था विजयी भएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here