सुनको मूल्य तोलामा १८ सयले बृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १८ सयले बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८० हजार ७ सय रहेको थियो । भने आज तोलामा प्रतितोला छापावाला सुन १८ सयले बृद्धि भइ आज ८२ हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ८२ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतिोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । भने आज मूल्यमा बृद्धि भइ प्रतितोला चाँदी ८ सय ९० कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *