काठमाण्डाै । सरकारले मास्क महँगोमा बेचेको वा लुकाइएको पाइएमा कारवाही गर्ने भएको छ । उजुरीका लागि फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागले जनाएको छ ।
उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने छ ।
मास्क लुकाउने काठमाडौंको क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिबाना तिराएको विभागले जनाएको छ । यस्तै बिलबिना नै महँगोमा मास्क बेच्ने त्रिपुरेश्वरको स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार र सचिन ट्रेड कन्सर्नलाई १० हजार रुपैयाँ तथा त्रिपुरेश्वरको खनाल सर्जरी सप्लायर्स, अर्चना सर्जिकल र फिस्टेल सर्जिकललाई पाँचरपाँच हजारका दरले जरिबाना तिराइएको छ ।
त्यस्तै अन्य आठ वटा फर्मलाई सचेत गराइएको छ । विभागले बिहीबार पनि बजार अनुगमन गरिरहेको छ ।