प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको अस्पतालले जनाएको छ ।
बिहीबार अपरान्ह अस्पतालमा पत्रकार सम्मेलन गर्दै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले भने, ‘उहाँको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई एउटा मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताएका छन्।
समिक्षाजीको स्वास्थ्य स्थिर छ। उहाँलाई पनि आजदेखि तरल र नरम आहार दिन सुरू गरिसकिएको छ,’ खड्गाले विज्ञप्ति निकालेर भनेका छन्।