मिस वर्ल्ड टोनी एन सिंह नेपाल भम्रणमा

काठमाडौं, फागुन २२ । यस वर्षकी मिस वर्ल्ड टोनी एन सिंह नेपाल भम्रणमा आउँदै छिन्। बुधबार द हिडन ट्रेजरले प्रेस विज्ञप्तिमार्फत मिस वल्र्ड टोनी एन सिंह आज नेपाल आउँदै गरेको जानकारी गराएको थियो। मिस वल्र्ड सिंहसँग मिस वल्र्डको आयोजक संस्थाको अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेस नेपाल आउँदैछन्।
तीन दिने नेपाल भम्रणको क्रममा मिस वल्र्ड सिंह र मिस वल्र्डको आयोजक संस्थाका प्रतिनिधिले मिस नेपाल अनुष्का श्रेष्ठले सिन्धुपाल्चोकको सोल्सिङ गाउँमा शिक्षा र स्वास्थ्यलाई केन्द्रित गरेर सञ्चालन गरिरहेको प्रोजेक्टको अवलोकन गर्नेछन्। मिस नेपाल श्रेष्ठले सामुदायिक उत्थानको मोडलमा केन्द्रित काम गरिरहेकी छन्। मिस वल्र्डको टप १२ मा पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ब्युटी विथ प्रपोज र मल्टिमिडिया अवार्ड जितेकी थिइन्।
